बिहीबार, फागुन ७, २०८२

प्रतिनिधि सभा बैठक भदौ तीन गते एक बजेसम्मका लागि स्थगित

मेरोन्यूज २०८० साउन २९ गते १५:१७

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध जारी राखेपछि भदौ तीन गतेसम्मका लागि स्थगित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एमालेले अवरोध कायम राखेपछि सभामुख देवराज घिमिरेले भदौ तीन गते एक बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

१०० किलो सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै एमालेले आज पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको हो ।

एमालेका सांसदहरूले अहिले पनि सुन तस्करीलाई कारबाही गर्न माग गर्र्दै नाराबाजी गरिरहे । पटक पटक आग्रह गर्दा पनि नाराबाजी कायम राखेपछि सभामुख घिमिरेले बैठको कार्यसूचीमा रहेका विषय झिकेर बैठक स्थगित गरेका हुन् ।

एमालेले यो माग राखेर साउन १० गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया