मुगुमा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु
मेरोन्यूज
२०८० साउन २९ गते २०:१०

मुगु । मुगुको सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सोमबार सोरु गाउँपालिकाको सिपपहिरो नजिकै जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले जानकारी दिए ।
दुर्घटनामा ५ जना घाइते छन् । मृतकको नाम भने खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड छन् ।
अरु २ जना घाइतेको पहिचान हुन सकेको छैन ।
जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलमा पठाएको छ ।
सम्बन्धित
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया