आज तपाईंको भाग्य कस्तो छ ? हेर्नुहोस् राशिफल

काठमाडाैं । आज साउन ३० गते मंगलबार ।अधिक साउन कृष्ण चतुर्दशी। अगस्ट १५ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष– व्यापारमा लाभ मिल्नेछ । परिवारमा शुभ कार्यक्रम हुनेछ। धार्मिक यात्रामा जाने अवसर बन्ने छ ।प्रियजनको पूर्ण सहयोग प्राप्त हुनेछ। केही ठूला काम आज पूरा हुन सक्नेछन् ।
वृष– स्वास्थ्य बिग्रन सक्छ। कामबाट आफ्नो लागि केही समय निकाल्नुहोला। आज कुनै ठूलो लेनदेन नगर्नुहोला। र वादविवादबाट टाढै रहनुहोला।
मिथुन– सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला । व्यापारमा आज कुनै नयाँ काम सुरु नगर्नुहाेला, अन्यथा ठूलो घाटा बेहोर्नु पर्नेछ। स्वास्थ्यको ख्याल गर्नु होला।
कर्कट– परिवारमा शुभ कार्यक्रमको सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । श्रीमतीसँग मनमुटाव हुनसक्छ ।
सिंह– तपाईको लागि आजको दिन राम्रो रहनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । रोकिएका काम पुरा हुनेछन् । प्रतिद्वन्द्वी परास्त हुनेछन्। परिवारमा सम्मान बढ्नेछ।
कन्या– आज चिनजानको ब्यवहारले तपाईको मन खिन्न रहनेछ। खानपानमा ध्यान दिनुहोला ।आज कुनै ठुलो निर्णय नगर्नु होला । व्यापारमा उतारचढाव आउनेछ । परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।
तुला– प्रशासनिक काममा अल्जिनु हुनेछ । पैतृक सम्पत्तिको सम्बन्धमा परिवारमा विवादको स्थिति आउन सक्छ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । सवारी साधन आदिको प्रयोगमा सावधानी अपनाउनुहोला ।
वृश्चिक– आज परिवारसँग बाहिर कतै घुम्न जान सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ, मन प्रसन्न रहनेछ। व्यापार–व्यवसायमा नयाँ काम वा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ। श्रीमतीको स्वास्थ्यमा सुधार आउनेछ ।
धनु– आजको दिन धेरै राम्रो रहनेछ। स्वास्थ्य राम्रो रहनेछ, सम्मान बढ्नेछ। अदालतमा आज तपाईको जित हुनेछ। जागिर वर्गले पदोन्नति पाउन सक्नेछन् । पत्नीसँगको सम्बन्ध मधुर रहनेछ।
मकर– व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ । वादविवादबाट आज टाढा रहनु होला ।
कुम्भ– स्वास्थ्य बिग्रन सक्छ । खानपानमा ध्यान दिनु होला । छिमेकीसँग मनमुटाव बढ्न सक्छ। व्यापारमा घाटा बेहोर्नु पर्नेछ । जागिर वर्गका व्यक्तिहरूले आफ्ना अधिकारीहरूसँग वादविवाद गर्न सक्छन्, बोलीमा नियन्त्रण गर्नुहोला ।
मीन– स्वास्थ्यमा लाभ महसुस हुनेछ । परिवारका साथ धार्मिक यात्रामा जाने अवसर जुर्न सक्ने छ । परिवारबाट कामको विरोध हुनेछ ।















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया