बुधबार, फागुन ६, २०८२

मुगु जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ५ पुग्यो

मेरोन्यूज २०८० साउन ३० गते ९:४८

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका–७ को चिप्लेगौडामा सोमबार बेलुका भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोरुकोटबाट सदरमुकाम गमगढी आउँदै गरेको ज १ च ७७७२ नम्वरको जीप दुर्घटना हुँदा दुईको घटनास्थलमै, दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा र एक जनाको सदरमुकाम गमगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो । उक्त जीप दुर्घटनामा परी ४ जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भईरहेको छ ।

प्रतिक्रिया