शनिबार, वैशाख २६, २०८३

सरकारले पूर्णरूपमा खुलायो जग्गाको कित्ताकाट

मेरोन्यूज २०८० साउन ३० गते १८:५३

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जग्गा सम्बन्धी कित्ताकाट, नामसारी भूः उपयोग नियमावली पास गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

Advertisement
NiccNicc

गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि अब जग्गाको कित्ताकाट पूर्णरूपमा सुरु हुने भएको हो ।

‘जग्गा कित्ताकाट पूर्ण रुपमा खुलाउने गरी भू उपयोग नियमावली स्वीकृत भएको छ,’ मन्त्री ज्वालाले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ। स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ।

सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो।

प्रतिक्रिया