मकर राशिले बोलीमा संयम राख्नु हाेला, अन्य राशिको कस्तो छ आजको दिन ?

काठमाडाैं । आज साउन ३१ गते बुधबार ।अधिक साउन कृष्ण औंसी। अगस्ट १६ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- नयाँ कार्य योजना बन्नेछ । आज स्वास्थ्यमा केही उतारचढाव रहनेछ। यस दिन कसैलाई ऋण नदिनुहोला । आज श्रीमती र सन्तानसँग कुनै शुभ कार्यमा जाने सम्भावना छ ।
वृष- आजको दिन यात्रा गर्दा सावधानी अपनाउनु पर्नेछ । परिवारमा दुखद् खबर प्राप्त हुनेछ । पत्नीको स्वास्थ्यमा चिन्ता रहनेछ।
मिथुन- श्रीमती र सन्तानसँग वादविवाद हुन सक्छ। क्रोधका कारण कुनै गलत निर्णय नगर्नुहोला । जसकारण पछि कष्ट भोग्नुपराेस। नयाँ घर वा सवारी खरिद गर्ने मनमा योजना बन्न सक्छ।
कर्कट- आजको दिन शुभ रहनेछ । योजनाबद्ध कार्यहरु पुरा हुनेछन् । विशेष व्यक्तिसँग भेटघाट हुने सम्भावना छ, जसका कारण व्यवसायिक क्षेत्रमा ठुलो लाभ मिल्नेछ। आज कार्यस्थलमा नयाँ सम्झौता वा सम्झौता गर्न सकिनेछ।
सिंह- आज आफ्नो बोलीमा संयम राख्नु होला । कुनै पनि किसिमको बहसमा नपर्नुहोला, अन्यथा अपमानित हुनु पर्नेछ। परिवारमा दाजुभाइसँग केही मतभेद हुन सक्छ। व्यापार–व्यवसायमा रोकिएको धन प्राप्ति हुन नसक्दा आर्थिक अवस्था बिग्रन सक्छ । आज तपाईको हातबाट ठूलो सम्झौता हुन सक्छ।
कन्या- मौसम अनुसार स्वास्थ्यमा केही समस्या देखिनेछ । व्यापार–व्यवसायमा ह्रासको स्थिति महसुस हुनेछ । जागिरमा रहेकाहरुको आफ्नो अधिकारी वर्गसँग विवाद हुनसक्छ । परिवारमा नयाँ सदस्यको आगमन हुन सक्छ।
तुला- आज कुनै नयाँ कामको थालनी गर्न सकिनेछ। साथसाथै व्यवसायमा परिवार र साथीभाइबाट ठूलो आर्थिक सहयोग प्राप्त हुनेछ। परिवारमा शुभ कार्यको अवसर मिल्नेछ ।
वृश्चिक- आज कुनै नयाँ कामको प्रारम्भिक आधारशिला राख्नु उत्तम हुनेछ। कार्यस्थलमा ठूलो अफर प्राप्त हुनेछ, जसका कारण चलिरहेको आर्थिक समस्याबाट राहत मिल्नेछ। धार्मिक यात्रामा जाने अवसर बन्ने छ।
धनु- आज कुनै नयाँ काम सरु गर्दा सावधानी अपनाउनुहाेला । अन्यथा घाटा हुनेछ। साथै, परिवारमा कुनै कुरामा मतभेद बढ्न सक्छ। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला।
मकर- मन अशान्त रहनेछ। केहि विशेष काम बिग्रन सक्छ, जसका कारण ठूलो आर्थिक नोक्सान हुनेछ। साथै, शेयर बजारमा लगानी गर्नु अघि राम्ररी सोच्नुहोला। परिवार तथा आफन्तबाट आर्थिक सहयोग मिल्नेछ । स्वास्थ्यमा उतारचढाव आउनेछ ।
कुम्भ- विशेष व्यक्तिसँग भेट हुनेछ । जसको माध्यमबाट लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्।
मीन- आज मन प्रसन्न रहनेछ। परिवारमा नयाँ पाहुनाको आगमन हुन सक्छ। परिवारका सदस्यहरू तीर्थयात्रा आदिमा जान सक्नेछन्। केहि ठूलाे कामको प्रस्ताव आउन सक्छ ।









प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द, कारण यस्ताे
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
महाधिवेशनका लागि समय कम भयोः शशांक कोइराला
पोखराले कर्णालीलाई दियो २०२ रनको लक्ष्य
एनपीएलमा जनकपुरको पहिलो जित
एनपिएल : अर्धशतकको सङ्ख्या २६ पुग्यो
प्रतिक्रिया