शुक्रबार, माघ २३, २०८२

सुन तस्करी आरोपमा थप चार चिनियाँ पक्राउ

मेरोन्यूज २०८० साउन ३१ गते १६:४५

काठमाडौं । सुन तस्करी प्रकरणमा बुधबार थप चार चिनियाँ नागरिक पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चार जना चिनियाँलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार पक्राउ पर्नेमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई छन् ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई म्याद थप गर्न पठाइएको प्रहरीले जनाएको छ। यसअघि सोमबार मात्रै थप तीन चिनियाँ नागरिकलाई सीआईबीले पक्राउ गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ‘१ क्विन्टल’ सुन बरामद गरेको थियो।

सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले सुरुवाती अनुसन्धान गरेकामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया