शुक्रबार, माघ २३, २०८२

स्वास्थ्य खराब भएपछि ललिता निवास प्रकरणका दुई आरोपी थुनामुक्त

मेरोन्यूज २०८० साउन ३१ गते १८:२६

काठमाडौं । स्वास्थ्य खराव भएपछि ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका दुई आरोपी रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उमेर र स्वास्थ्यको कारण देखाएर उनीहरूलाई रिहा गर्न अदालतले आदेश दिएको हो । अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया