बिहीबार, फागुन ७, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी उच्च अदालतमा

थुनामा रहेका १० जना प्रतिवादीको सुनवाई सकियो, आदेश आउन बाँकी

मेरोन्यूज २०८० साउन ३२ गते १३:२९

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेश चित्त नबुझाई पूनरावेदन अदालत पाटन पुगेका १० जना प्रतिवादीहरुको निवेदनमाथीको सुनुवाई सकिएको छ । उच्च अदालत पाटनमा सुनुवाइ सकिएको हो । अब सुनवाई पछि न्यायाधीसले गर्ने आदेश बाँकी छ ।

Advertisement
nepal life insurencenepal life insurence

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि जेलमा रहेका नरेन्द्र केसी, टेकनारायण पाण्डे, आङटावा शेर्पा, इन्द्रजित राई, सानु भण्डारी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ र गोविन्द चौधरीले उच्च अदालतमा जिल्ला अदालतको फैसला विरुद्ध पूनरावेदन गरेका थिए ।

उनीहरुको निवेदनमाथिको मात्र सुनुवाइ सकिएको हो। यही मुद्दामा पक्राउ परी जेलमा रहेका टोपवहादुर रायमझी बालकृष्ण खाण लगायतले पनि पूनरावेदन अदालतमा निवेदन दिएका छन् । यधपी उनीहरुको भने निवेदनमा सुनवाई भएको छैन । १० जना प्रतिवादीहरुको मात्र निवेदनमा बहस भई सुनवाई सकिएको हो ।

उनीहरुले आफूहरुलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध गत साउन १२ र १७ गते दुई पटक निवेदन दिएका थिए।

सुनुवाई सकिएकोले अब उनीहरु सबै अभियुक्तहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने या थुनामुक्त गर्ने दुईमध्ये एक आदेश उच्च अदालतले दिने छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, विचौलिया केशव दुलाल, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितको मुद्दामा भने सुनुवाइ बाँकी छ।

उनीहरुको कैफियत प्रतिवेदन जिल्ला अदालतबाट अझैसम्म आइनपुगेकाले पेसीमा चढिसकेको छैन ।

प्रतिवादीहरुले रिट निवेदन दिएपछि उच्च अदालतले जिल्लाबाट भएको आदेशको कैफियत प्रतिवेदन यसअघि नै मागिसकेको छ। सबै अभियुक्तको कैफियत प्रतिवेदन पनि आइसकेकाले अब अदालतले आदेश दिन बाँकी रहेको हो।

यो प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएका थिए।

प्रतिक्रिया