बिहीबार, फागुन ७, २०८२

संसद्को गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने

मेरोन्यूज २०८० साउन ३२ गते १४:४६

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुवै सदनमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउन लागेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले मेरोन्यूजलाई जानकारी दिए ।

‘राष्ट्रपति भएपछि बिरामी परेकाले उहाँले सबै दलका नेताहरूसँग एक पटक पनि भेट्न पाउनु भएको छैन,’ थापाले मेरोन्यूजसँग भने, ‘अहिले स्वास्थ्य पनि ठिक भएको र संसद पनि चलिरहेकोले एक पटक भेट्नु पर्छ भनेर तयारी भइरहेको हो ।’

बैठकको मिति भने तय भइनसकेको थापाले बताए । ‘सरसल्लाह गरेर मिति तय हुन्छ । नेताहरूको समय पनि मिल्नु पर्‍यो ।

प्रतिक्रिया