सशस्त्र प्रहरीका १२ एसपी एसएसपीमा बढुवा सिफारिस
मेरोन्यूज
२०८० साउन ३२ गते १८:३२

काठमाडौं । सशस्त्र प्रहरीका १२ जना उपरीक्षक (एसपी) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो। एसएसपीमा बढुवा सिफारिस हुने २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन्।
यही ब्याचका १५ जना २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवासम्बन्धी आधारलाई लिएर बढुवा गरिएको हो।
बढुवामा गृह मन्त्रालयको समेत कुनै हस्तक्षेप नरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सम्बन्धित
















बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
भारतको कोइलाखानीमा विस्फोट हुँदा दुई नेपालीसहित १८ जनाको मृत्यु
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया