संस्कृत विश्वविद्यालयका कुल-सचिव कार्यकक्षमै थुनिए

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुल–सचिव माधव अधिकारी कार्यकक्षमै थुनिएका छन् । शैक्षिक गतिविधि समयमै सञ्चालन गर्न नसकेको, विद्यार्थीको समस्यामा बेखबर बनेको भन्दै केन्द्रीय आयुर्वेद विद्यापीठ स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार कुल–सचिव अधिकारीलाई तीन घन्टा कार्यकक्षमा थुनेको हो ।
४० दिनमा प्रकाशित गर्नुपर्ने परीक्षाफल सबै प्रक्रिया पूरा हुँदा पनि प्रकाशित नगरेको स्ववियु सदस्य पारस गिरिले जानकारी दिए । कुल–सचिव अधिकारीले भने विद्यार्थी सबै प्रक्रियाका बारेमा जानकार नहुँदा आजको घटना भएको बताए ।
आयुर्वेद चिकित्सातर्फ सातौँ सेमेस्टरको परीक्षाफल परीक्षा शुरु भएको ४० दिनभित्र प्रकाशित गर्नुपर्ने नियम रहेको भए पनि समयमै प्रकाशित नहुँदा प्रयोगात्मक अभ्यासमा ढिला भएको स्ववियुले जनाएको छ । स्ववियु र विश्वविद्यालयबीच भएको छलफलमा भदौ १५ गते परीक्षाफल प्रकाशित गर्ने सहमति भएको छ ।
दुई महिनाअघि विश्वविद्यालयका तीन ठाउँमा लागेको ताला खुलेको एक हप्ता नहुँदै आज फेरि यो घटना भएको हो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया