मीन राशिलाई आज ठूलो लाभ हुने, अन्यकाे भाग्य कस्ताे छ ?

काठमाडाैं । आज भदाै २ गते शनिबार । साउन शुक्ल तृतिया । पञ्चाङ्ग : सिद्ध तैतल उत्तर , वराह जयन्ती। अगस्ट १९ तारिख २०२३ ।
थाहा पाउनुहाेस् तपाइकाे राशिफल :
मेष- स्वास्थ्य सम्बन्धी समस्याबाट मुक्त भइनेछ। मन अध्यात्मतर्फ आकर्षित हुनेछ। धार्मिक यात्रामा जाने सम्भावना छ । व्यापारमा लाभ हुनेछ । सम्पत्तिमा ठूलो लगानी गर्नका लागि समय अनुकूल रहेकाे छ।
वृष- आज अत्याधिक थकान र दौडधुपका कारण शारीरिक असहजता महसुस हुन सक्छ। घरमा विशेष व्यक्तिको आगमन हुनेछ। व्यापार–व्यवसायमा केही ह्रास आउनेछ । आर्थिक स्थिति सुधार गर्नको लागी कसैसँग ठूलो सहयोग माग्न सकिनेछ।
मिथुन– विपक्षीको षड्यन्त्रकाे सिकार बन्नबाट सजग रहनु होला । कार्यक्षेत्रमा अधिकारी वर्गसँग व्यर्थको विवाद बढ्न सक्छ। । व्यापारमा सहयोगीहरूले साथ छोड्न सक्छन्। परिवारमा सन्तानको स्वास्थ्यमा समस्या देखिन सक्छ ।
कर्कट– कुनै ठूलो कामको योजना आज बनाउन सकिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ । विपक्षीहरू पराजित हुनेछन्। परिवारमा चलिरहेको विवादको अन्त्य हुनेछ।
सिंह– परिवारसंग कतै बाहिर जाने योजना बन्नेछ। कार्यस्थलमा जनताको सहयोग प्राप्त हुनेछ । व्यापारमा लाभको सम्भावना छ । घरजग्गा आदिमा लगानी गर्नको लागि समय राम्रो छ । मान सम्मानमा बृद्धि हुनेछ ।
कन्या– ठूलो कार्य योजनामा काम गरिने छ । जसमा सहकर्मीहरूबाट पूर्ण सहयोग प्राप्त हुनेछ। आज कुनै ठुलो लेनदेन नगर्नुहाेला। विपक्षी वर्गबाट टाढा रहनुहोला। सम्पत्ति आदिको विवादले परिवारमा मनमुटावको स्थिति सिर्जना हुनेछ ।
तुला– आज स्वास्थ्यको कारणले केही चिन्तित रहन सक्छ। तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारका कतिपय व्यक्तिलाई मौसमी रोगले पनि सताउन सक्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। खानपानमा नियन्त्रण राख्नुहोस्। बहसबाट टाढा रहनुहोस्। सवारी चलाउँदा सावधानी अपनाउनुहोस। परिवारमा कुनै शुभ कार्य हुने सम्भावना छ ।
वृश्चिक- आज तपाईलाई सामाजिक र राजनीतिक क्षेत्रमा ठूलो पद वा जिम्मेवारी मिल्नेछ, जसले मान सम्मान पनि बढ्नेछ। काममा अधिकारीबाट राम्रो सहयोग मिल्नेछ । व्यापार–व्यवसायमा लाभ मिल्ने छ । परिवारको साथमा कुनै नयाँ कामको थालनी हुनेछ। परिवारमा शुभ कार्यको सम्भावना छ ।
धनु– साथीहरूसँग सहर बाहिरको यात्रामा जाने माैका मिल्ने छ । आज कसैलाई ठुलो रकम उधारो दिनु उचित हुनेछैन। व्यर्थकाे बहसबाट टाढा रहनुहोला।
मकर– श्रीमती र सन्तानको स्वास्थ्यको कारण केहि चिन्तित भइनेछ। आर्थिक समस्याको सामना पनि गर्नु पर्नेछ । कार्यक्षेत्रमा सहकर्मीले धोका दिन सक्छन् । गोप्य जानकारी सार्वजनिक नगर्नुहोला।
कुम्भ- आज कुनै नयाँ कामको थालनी नगर्नुहोला। आज पारिवारिक कारणले ठूलो भ्रममा परिनेछ। व्यापारमा ठूलो लेनदेन नगर्नुहोला। धार्मिक यात्रामा जाने सम्भावना छ । आज घरमा पाहुना आउन सक्नेछन् ।
मीन- कार्यक्षेत्रमा ठूलो लाभ हुनेछ। जसका कारण तपाईको मन प्रसन्न रहनेछ । विशेष व्यक्तिसँग भेटघाटले सफलताको नयाँ बाटो खुल्नेछ। आज पुरानो रोकिएको धन प्राप्त हुनेछ । नयाँ सवारी साधन खरिद गर्ने सम्भावना छ । परिवारमा चलिरहेको मतभेद समाधान हुनेछ।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
प्रतिक्रिया