शुक्रबार, वैशाख २५, २०८३

बस दुर्घटनामा मृत्यु भएका चार जनाको सनाखत, घाइतेको पनि पहिचान भयो

मेरोन्यूज २०८० भदौ ६ गते १६:१५

काठमाडौँ । बुधबार बिहान काठमाडौँबाट बेनी जाँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्दा मृत्यु भएका मध्य चार जना सनाखत भएको छ ।

Advertisement
NiccNicc

इलाका प्रहरी कार्यालय धादिङका अनुसार सनाखत भएमामा म्याग्दीको रघुगंगा गाउपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २५ वर्षीय सविन रम्तेल छन् । बाँकी ४ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृत्यु भएकामध्य ६ पुरुष र २ महिला रहेको प्रहरीले जनाएको छ ।

प्रदेश ३–०१–००५ ख ९९५२ नंम्बरको बस धादिङ गजुरी गाउँपालिका–२ चालिसेबाट अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो ।

प्रहरीले बस खस्दा घाइते भएर काठमाडौँको टिचिङ अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गजुरी धादिङमा उपचार भइरहेको जनाएको छ । घाइते हुनेमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल, म्याग्दीको बेनि नगरपालिका–६ का ३० वर्षीय बस चालक दिपक थापा, म्याग्दीको बेनी नगरपालिका–३ का २४ वर्षीय पुर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका–१ का १९ वर्षीय कुशल अधिकारी, काठमाण्डौ कृतिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीय गिता जंजाली मगरसहितका घाइते भएका छन् ।

प्रतिक्रिया