प्रतिनिधि सभा अन्तर्गतका १० मध्य ९ समिति सभापतिमा एकल उम्मेदवारी
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा खान र पराजुलीको उम्मेदवारी

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीका सांसदहरूले उम्मेदवारी दर्ता गराएको संघीय संसद् सचिवालयले जनाएको छ ।
दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले उम्मेदवारी दिएका छन् । समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएका छन् ।
अर्थ समिति सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा जनता समाजवादीका राजकिशोर यादवले उम्मेदवारी दिएका छन् ।
कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समिति सभापतिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।
यस्तै पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।



















विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा
महाशिवरात्रीका दिन कम्तीमा छ लाख बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन
मलङ्गवामा सव–इञ्जिनियरको गोली हानी हत्या
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल
कांग्रेसले चुनावी प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने
समाजवादको नयाँ यात्रा सुरु गर्ने प्रचण्डको संकल्प
प्रतिक्रिया