सोमबार, फागुन ४, २०८२

तस्करीको जालो तोड्ने काम रोकिनेवाला छैन : प्रधानमन्त्री

मेरोन्यूज २०८० भदौ १२ गते १०:४१

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलवार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य सर्त भएको बताएका हुन् ।

उनले भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे । ‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन,’ उनले भने, ‘भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौं कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको र त्यसको नतिजा क्रमशः आउने उनले बताए ।

प्रधानमन्त्रीले असफल भएको विकास मोडललाई सधै बोकेर हिँड्न नसकिने बताउँदै अर्को बजेटसम्म आउँदा नयाँ अर्थनीति र योजनाका साथ अगाडि जाने बताए ।

प्रतिक्रिया