मंगलबार, फागुन ५, २०८२

धर्मसंस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई कुनै हालतमा छुट दिइँदैन : प्रधानमन्त्री

मेरोन्यूज २०८० भदौ १२ गते ११:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको बताए।

“सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ,” उनले भने, “सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।”

प्रतिक्रिया