हालाण्डले जिते प्रिमियर लिगको ‘प्लेयर अफ द इयर’ अवार्ड
मेरोन्यूज
२०८० भदौ १३ गते ८:२८

काठमाडौँ । इर्लिंग हालाण्डले प्रिमियर लिगको ‘प्लेयर अफ द इयर’ को अवार्ड जितेका छन् ।
गत सिजनमा म्यानचेस्टर सिटीका लागि ५२ गोल गरेका हालाण्डले २०२२-२३ सिजनको प्लेयर अफ द इयरको अवार्ड जितेका हुन् ।
हालाण्डले केभिन डी ब्रुने र ह्यारी केनलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
हालाण्डले आफ्नो प्रिमियर लिगको डेभ्यु सिजनमा ३६ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा १२ गोल गरेका थिए । उनले सिटीलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
२२ बर्षिय हालाण्ड प्रिमियर लिगको योंग प्लेयर अफ द इयरमा नोमिनेशनमा रहेपनि यो अवार्ड भने आर्सनलका बुकायो साकाले जितेका छन् ।
यो अवार्ड प्रोफेसनल फुटबलर्स एसोसियसनले हरेक बर्ष प्रदान गर्ने गर्दछ ।
सम्बन्धित
















तीन दिनपछि खुल्यो बिपी राजमार्ग
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया