नेपालले लियो पाकिस्तानको तेस्रो विकेट
मेरोन्यूज
२०८० भदौ १३ गते १७:०१

काठमाडौँ नेपालले पाकिस्तानको तेस्रो विकेट लिएको छ । पाकिस्तानको तेस्रो विकेटका रुपमा मोहम्मद रिजवान आउट भएका छन् । उनी ५० बलमा ४४ रन बनाएर रन आउट भएका हुन् ।
उनलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । पाकिस्तानले २३.४ ओभरमा तीन विकेट गुमाएर एक सय ११ रन बनाएको छ ।
पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए।
यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
यस्तै नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३.४ ओभरमा ४४ रनमा रनआउट गर्यो।
सम्बन्धित
















डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया