विश्वकप छनोट : नेपालको लगातार दोस्रो जित
मेरोन्यूज
२०८० भदौ १५ गते १२:५५

काठमाडौं । आइसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ ।
पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
जितका लागि चाहिएको ३२ रनको लक्ष्य नेपालले २ ओभर ५ बलमा पूरा गर्यो । नेपालको जितमा कविता कुँवर १७ रन र सीता राना मगरले २ रनको योगदान गरे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ ओभर ४ बलमा सबै विकेट गुमाएर ३१ रन बनायो ।
बहराइनका लागि दिपिका रासाङ्गिकाले सर्वाधिक ११ रन जोडिन् । इशारा सुहुनले ५ रन बनाइन् ।
नेपालका लागि इन्दु वर्माले ३, खुसी डंगोलले २ तथा कप्तान रुविना क्षेत्री, कविता कुँवर र पूजा महतोले एक(एक विकेट हात पारे ।
सम्बन्धित
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया