नेपालले आज भारतको सामना गर्दै, सुपर फोरमा पुग्न जित्नै पर्ने दबाब

काठमाडौं । एसिया कप समूह ए को अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ । नेपाल-भारतबीचको खेल नेपाली समयानुसार श्रीलंकाको क्यान्डीमा दिउँसो सवा ३ बजे हुनेछ ।
भारतसँग पहिलोपटक भिड्न लागेको नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ। प्रतियोगिताको अर्को चरण (सुपर–फोर)मा पुग्न नेपालले भारतसँगको खेल जित्नै पर्नेछ।
समूह ए बाट पाकिस्तान ३ अंकसहित सुपर फोरमा पुगिसकेको छ । यता भारतले १ अंक जोडेको छ । यस्तै पाकिस्तानसँग पराजित भएको नेपाल अंक विहीन छ ।
आईसीसीको पछिल्लो एकदिवसीय वरीयतामा भारत तेस्रो स्थानमा आसिन छ भने नेपाल १५औँ वरीयतामा रहेको राष्ट्र हो ।भारतले हालसम्म सर्वाधिक सात पटक एसिया कपको उपाधि पनि चुमिसकेको छ ।
नेपाली टिम: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल।
















सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख नजिक
‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया