वर्षाका कारण नेपाल-भारतबीचको खेल रद्द भए के हुन्छ ?

काठमाडौं। एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको खेल आज हुँदैछ । उक्त खेल श्रीलंकाको क्यान्डीमा नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुनेछ ।
खेल वर्षाले प्रभावित गर्ने सम्भावना छ । मौसम अपडेटका अनुसार नेपाल र भारतबीच खेल हुने श्रीलंकाको पल्लेकेलेमा ८० प्रतिशतसम्म वर्षा हुने सम्भावना छ ।
खेलको टस नेपाली समयअनुसार, २:४५ बजे हुनेछ । टस हुने समयमा पालेकेलमा २२ प्रतिशत वर्षाको सम्भावना देखाइएको छ । साँझ ६ बजेसम्म पनि वर्षाको सम्भावना २२ प्रतिशत नै देखिन्छ ।
वर्षाका कारण खेल रद्द भएमा नेपाल र भारतले अंक एक/एक बाँड्नेछन् । अंक बाँडे पनि भारत सुपर फोरमा पुग्नेछ ।
पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अंक बाँड्दै तीन अंकका साथ सुपर फोरमा पुगिसकेको छ। भारतले पाकिस्तानसँगकाे खेलमा अंक बाँडेसँगै उसकाे एक अंक छ । एक खेल खेलेको नेपाल अंकविहीन छ ।
समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।
















बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया