कपिलवस्तुमा करेन्ट लागेर एकको मृत्यु
मेरोन्यूज
२०८० भदौ २४ गते १६:५३

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए ।
विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने उनको भनाइ थियो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।
गाउँको प्रतीक्षालय बस्ने अरुको काम गरिदिनेबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन् । मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ ।
सम्बन्धित
















निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, तीन जनाको मृत्यु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया