भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
मेरोन्यूज
२०८० भदौ २५ गते १९:५४

काठमाडौँ । भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो ।
तीनजना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिनुभयो ।
घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ ।
सम्बन्धित
















विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ’
राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया