आयोगको स्तर निर्धारण गर्न राष्ट्रपतिसँग आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीहरूले भेटघाट गरेका छन् ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज भएको भएको भेटमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको आयोगले जनाएको छ ।
राष्ट्रपति पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष मगरले आयोगले मानव अधिकार संरक्षण र संवर्द्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै र आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नका लागि पेरिस सिद्धान्तबमोजिम आयोग ऐन निर्माण गर्नुपर्ने र यसका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए ।
भेटमा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारीप्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेलको सहभागिता थियो ।
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया