बेनीमा गोरु नाच प्रदर्शन

बेनी (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीबजारमा गोरु नाच प्रदर्शन गरिएको छ । आज बजारमा हुने रोपाइँ नाचको जानकारी गराउन मुखियाले गोरुसहित बिहीबार बजार परिक्रमा गरेका हुन् ।
नेपाल भाषा मंकाखलः अन्तर्गत रहेका युवाको समूह ल्याम्हः पूचःले बर्खेनाचअन्तर्गतको गोरु नाच प्रदर्शन गरेका हुन् । बर्खेनाचअन्तर्गत आज हुने रोपाइँ नाचमा सहभागी हुनका लागि गोरुसहित मुखिया बजार परिक्रमा गर्छन् । मुखियाले क्याप्टेनको खेत रोपाइँमा सहभागी हुन रोपाहारलाई आग्रह गर्ने चलन छ ।
रोपाइँ नाचमा खेत रोपाइँ गर्न गोरु, बाउसे र हली तयारी अवस्थामा रहेको र रोपाहारलाई सहभागी हुनका लागि मुखियाले बजार परिक्रमा गरेर जानकारी गराउने चलन रहेको ल्याम्हः पूचःका सदस्य सज्जन श्रेष्ठले बताए । गोरुसहित मुखिया बजारको चोक–चोकबाट टोलवासीलाई रोपाइँमा सहभागी हुन सूचना गर्छन् भने सहभागी नहुनेलाई जरिवाना गर्ने आदेश हुन्छ ।
हरेक वर्षको नागपञ्चमीका दिनदेखि सुरु गरेर हरितालिका तीज पर्वसम्म देखाइने बर्खेनाचअन्तर्गत बेनी बजारमा लाखेनाच, घोडानाच, गाईजात्रा सपारु, श्रीकृष्ण रथयात्रा, गोरुनाच देखाइएको छ भने रोपाइँ नाच र धानको बाला नाच देखाउने तयारी गरिएको छ ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया