एसिया कप क्रिक्रेट फाइनल आज : १३ वर्षपछि उपाधीका लागि भारत र श्रीलंका भिड्ँदै

काठमाडौं । एसिया कप क्रिक्रेटको आज फाइनल खेल हुँदैछ । फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गदैछन् । भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो ।
भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसिय खेलमा १६६ पटक आमने सामने भेट भईसकेको छ । जसमा भारत हावी हुँदैं आईरहेको छ । भारतले त्यसमध्ये अहिलेसम्म ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ पटक मात्र जितेको छ ।
११ पटकको नतिजा आएको थिएन । एउटा खेल भने बराबरी भएको थियो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।
भरत सुपर ४ मा पहिलो स्थानमा र श्रीलंका दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका थिए ।
भारत यो खेल जितेर आठौं पटक एसिया कप जितेर च्याम्पियन हुन चाहिरहेको छ । उसले पछिल्लो पटक २०१८ मा रोहित शर्माको कप्तानीमा खेलेको खेल जितेर च्याम्पियन बनेको थियो । श्रीलंका पनि यो खेल जितेर चौथो पटक एसिया कप उचाल्न आतुर देखिएको छ ।
भारत र श्रीलंकाको एसिया कप फाइनलमा १३ सालपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमका बीचमा एसिया कप फाइनलमा पछिल्लो पटक सन् २०१० मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भारतले जितेको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको उक्त खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको थियो ।
भारत र श्रीलंकाका बीचमा फाइनलमै भने यो नवौं पटकको भेट हो । जसमध्ये ५ पटक भारतले खेल जितेको थियो । तीन पटक श्रीलंकाले जीत निकालेको छ ।
ऋाजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।
















इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले भने-इरान विरुद्धको युद्धमा अमेरिकाकाे ‘अभूतपूर्व विजय’
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई
पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
आजदेखि संसद् अधिवेशन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया