देउवासँग सस्थापनइतर नेताहरुको भेटवार्ता
सरकारको प्रभावकारितादेखि सभापतिको कार्यशैलीसम्म प्रश्न
केन्द्रीय समिति बैठक अगाडी देउवालाई भेटेर सस्थापनइतर समुहका नेताहरुले सामुहिक असन्तुष्टि पोखेका छन्

काठमाडौं । कांग्रेसको सस्थापन इतरका नेता शेखर कोइराला नेतृत्वको एक टोलीले सभापति शेरवहादुर देउवालाई भेटी सरकारको कामकारवाही देखि पार्टी सभापतिको कार्यशैलीसम्मका विषयमा असन्तुष्टि जनाएको छ । सस्थापन इतरका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारले आज बिहान सभापति देउवासँग भेट गरेका हुन् ।
देउवा निवास धुम्बराहीमा भएको भेटमा उनीहरुले माओवादी केन्द्रका अध्यष प्रचण्ड नेतृत्वको सरकारको कामदेखि देउवाको पार्टी सञ्चालन शैलीमै असन्तुष्टि पोखेका हुन् । सस्थापनइतरका कोइराला पक्षका नेताहरुको मंगलबार काठमाडौंमा बैठक बसेको थियो । सोही बैठकको निश्कर्ष सुनाउन र कार्यशैली सुधार गर्न देउवालाई उनीहरुले भेटमा आग्रह गरेका हुन् ।
कोइराला पक्ष प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा बसेर अराजकता मञ्चाउन थालेको निश्कर्षमा छ । प्रचण्ड नेतृत्वको सरकार कांग्रेसले टिकाएको र कांग्रेसलाई कमजोर बनाउने गरि प्रचण्ड अहिले अराजक शैलीमा हिड्न खोजेको यो समुहका नेताहरुको ठम्याई छ । उनीहरुले प्रचण्ड सरकारको विकल्प खोजेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनु पर्ने लविङ पनि भित्री रुपमा गरिरहेका छन् ।
तर देउवासँगको आजको भेटमा प्रचण्ड सरकारको काममा असन्तुष्टि जनाएपनि विकल्पका बारेमा भने कोइरालालगायतका नेताहरुले केही नबताएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसको केन्द्य्रीय समिति बैठक भोलि देखि सुरु हुादैछ । केन्द्रीय समिति बैठक अगाडी कोइराला पक्षले काठमाडौंमा आफु निकट नेताहरुसँग छलफल गरेर आज सभापति देउवासँग भेट गरेको हो ।
देउवासँगको भेटमा कोइराला लगायतका सस्थापनइतरका नेताहरुले कोशी प्रदेश सरकार, संघीय सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा भएको मनोमानी लगायतका विषयमा केन्द्रीत रहेर आफुहरुको धारणा राखेका हुन् ।
देउवाले भने उनीहरुको कुरा सुन्ने मात्र काम गरेको देउवा निकट सूत्रको भनाई छ ।
प्रदेशका कुनै पनि सरकार बनाउँदा देउवाले आफुहरुसँग छलफल समेत नगरेको, केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको जस्ता कुराहरु पनि शेखरले देउवासँगको छलफलमा उठाएका थिए ।
देउवाले सबैलाई मिलाएर जान नै आफुले खोजेको मात्र प्रतिक्रिया दिएका थिए । संस्थापनइतरका एक नेताका अनुसार महामन्त्री गगन थापा र सहमहामन्त्री बद्री पाण्डेसहित सबै पदाधिकारीले देउवालाई भेट्ने तय भएको थियो । तर, महामन्त्री थापा र सहमहामन्त्री पाण्डे बीपी साहित्य महोत्सवमा व्यस्त भएकाले जान नसकेको संस्थापनइतरका एक नेतालेको भनाई छ ।

















महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
Man arrested with pistol
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया