वैदेशिक रोजगारीका नाममा ठगी
जापान, कतार, अमेरिकालगायत देश पठाउने नाममा ४३ जनासँग झण्डै ४ करोडको ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै एक नीजि कम्पनीले ४३ जना नागरिकलाई ठगी गरेको खुलेको छ । विस एचआर सोलुसन प्राइभेट लिभिटेड (इजाजतपत्र नम्बर १४२५।०७४।०७५ ) का सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाले ४३ जना नागकिरलाई झण्डै ४ करोड बराबरको रकम ठगी गरेको खुलेको हो ।
यसरी ठगिनेमा सरिता भुजेल लगायतका ४३ जना छन् । उनीहरुलाई पोल्यान्ड, क्रोएसिया, जापान, कतार तथा अमेरिका समेतका देशहरुमा वैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर उनीहरुले पैसा लिएर ठगी गरेको हुन् ।
पैसा लिएपनि नपठाएको र पैसा पनि फिर्ता नगरेपछि उनीहरुविरुद्द वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोजन दर्ता भएको छ । ४३ जनासँग उनीहरुले कुलमा तीन करोड बयासी लाख २८ हजार चार सय अन्ठान्नब्बे रुपैया ठगी गरेको भन्दै उजुरी परेको हो ।
बैदेसिक रोजगार ऐन २०६४ को दफा ४४ वमोजिम कसुर गरेकोले उक्त कम्पनीको इजाजत पत्र खारेज गरी ४३ जनाको विगो र सो को पचास प्रतिशतले हुन आउने हर्जना समेत भराई पाउन भन्दै अभियोजन दर्ता भएको हो ।
उजुरी असोज २ मा दर्ता भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतिले जानकारी दिएका छन् ।


















नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया