बागलुङको सहेला फाँटमा कागतीखेतीबाटै मनग्य आम्दानी किसानहरु खुसीले दङ्ग

बागलुङ । तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका पछि कृषक समूहका सदस्य र कर्मचारीलाई यति बेला कागती टिप्न भ्याइनभ्याइ छ ।
बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि व्यस्त हुने किसान हिजोआज कागती टिप्न तथा बजार पु¥याउन व्यस्त छन् । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवाले फल दिन थालेपछि किसानहरु खुसीले दङ्ग छन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरको सहेँला फाँटमा जग्गा रहेका बागलुङ–१४ अर्माहका ४३ किसानको आशाको बारी सहेँलाको फाँट हो । चासो कृषक समुहमा आबद्ध उनीहरुले आफ्नै मेहनतले फल्ने फलबाट समृद्धिको सपना देखेका छन् । “पहिलो चरणणमा दुई सय किलो कागती टिपेर बिक्री गरियो, अनौठो अनुभव भइरहेको छ”, समूहका अध्यक्ष केशवप्रसाद सुवेदीले बबताए , “पहिलो उत्पादन स्थानीय बजारमै खोसाखोस भयो ।”
सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसान कागतीबाट कृषिमा प्रगति खोजिरहेका छन् । रु २० लाख लगानीबाट सुरु भएको कागतीको व्यावसायिक खेतीमा रु एक करोड रुपैयाँ भइसकेको छ । तीन सय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवा फल दिन थालेको सुवेदीले जानकारी दिए ।
अनुदान र सहयोगका लागि सरकारी निकाय त्यहाँ पुगेका छन् । जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकसमेत आउने गरेको समूहका अध्यक्ष सुवेदी बताउछन् । सरकारी अनुदानमा आशा नराखी आफैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पाउन थालेका छन् । रु एक लाख बिरुवाको ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाइदिएको छ ।
हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल्न थालेको एक वर्षमा नै लगानी उठाएर मुनाफा कमाउने सुवेदीले बताए । समूहमा आबद्ध रहेका किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा दिने गरेको छ । कागती फार्म सञ्चालनमा रहेको जग्गाका धनीहरुलाई नै समूहको सदस्य बनाइएको छ । समूहमा सबै सदस्यले समान लगानी गरेको सुवेदीले जानकारी लिए ।

















नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया