भारत र क्यानडाबीच विवाद चर्किँदै, काे धेरै शक्तिशाली ?

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सिख नेता हरदिप सिंहको हत्याको आरोप भारतमाथी लगाए । भारतले पनि यसको कडा जवाफ फर्कायो । यि दुवै देशले एकअर्काका कुटनितिज्ञलाई निष्काशन गरिदिए । यस कारबाहीले यि दुई देशबीच तनाव बढ्ने निश्चित छ ।
जानौँ क्यानडा र भारतको सैन्य तागत के कति छ त ?
ग्लोबल फायर पावर इन्डेक्सको २०२३ को रिपोर्टका अनुसार क्यानडाको रक्ष बजेट ३६ अर्ब डलर माथि रहेको छ । त्यहीँ भारतले यसमा ५६ अर्ब डलर लगानी गरेको छ ।
सैन्य तागतका मामिलामा भारत विश्वकै चौथो स्थानमा छ भने क्यानडा २७ औं मा । क्यानडालाई अमेरिका ब्रिटेन जस्ता विकासित देशको साथ रहेकाले पनि यसले सैन्य शक्तिमा धेरै लगानी गर्दैन ।
भारतसंग करिब १४ लाख सैनिक छन् । जबकी क्यानडासङ मात्र ७१ हजार छन् । र यसमा पनि २३ हजार सैनिकमात्र फुलटाइम काम गर्छन । बाकी लाई आवश्यक पर्दा मात्र काममा लगाइन्छ ।
भारतसँग परमाणु हतियार छन् । तर क्यानडासँग छैनन् । नाटोको परमाणु अप्रसार सन्धिमा रहेको क्यानडामाथी केही खतरापरे परमाणु शक्ति भएका देशले उसलाई सहयोग गर्नेछन् ।
क्यानडासँग प्यारामिलिट्री फोर्समा ५५ सय जना छन्। त्यहीँ भारतसँग यो संख्या २५ लाख २७ हजार रहेको छ ।
क्यानडासँग ३७६ एयर क्राफ्ट छन् भने भारतसँग २२१० ।
त्यस्तै क्यानडासँग ६३ फाइटर प्लेन छन् भने भारतसँग ५७७ । क्यानडासँग १२० हेलिकप्टर छन । भारतीय सेनासँग भने ८०७ ।
भारतसँग ३६ वटा लडाकु विमान छन् । तर क्यनडासँग यस्ता विमान छैनन् । त्यस्तै भारतसँग ४ हजार ६१६ ट्याङ्क छन् भने क्यानडासँग केवल ८२ ।
यसरी तुलनात्मक रुपमा हेर्ने हो भने क्यानडा सैन्य शक्तिका मामिलामा भारतभन्दा कमजोर छ ।
सामान्यतया शक्ति र सीमा बराबर भएका देशबीच युद्ध हुने गर्दछ । तर अन्यन्तै गम्भीर अवस्थामा भने जस्तो सुकै शक्ति भिन्नता भएका देशहरुपनि एकआपसमा लड्ने गर्छन् ।
यदी क्यानडा अन्य देशको सहायता नलिने हो भने भारत उसमाथि हावी हुने देखिन्छ ।

















नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया