कास्कीको घान्द्रुकमा पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्की । कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको हो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गेका हुन् । चार किलोमिटर लामो पदमार्ग निर्माणका लागि मन्त्रालयले रू पाँच लाख सहयोग गरेको सचिव गुरुङले जानकारी दिए ।
दिए ।
बाँकी रू एक लाख ५० हजार समितिले खर्च गरेको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उक्त पदमार्गको उद्घाटन भए पनि स्तरोन्नतिको काम अझै बाँकी रहेको उनले बताए ।
मन्त्रालयका सचिव गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउदैं “घान्द्रुक कल्चर (संस्कृति) र नेचर(प्रकृति)को धनी गाउँ हो । यसमा निर्माण गरिएको चक्रिय पदमार्गले पर्यटन प्रवर्द्धनमा अझै टेवा पुग्ने छ,” उनले भने , “प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाउने योजना बनाए अनुसार नै यहाँ सहयोग गरेको हो ।”
पदमार्गले दुईवटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको पदमार्ग अझै अपूरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने सचिव गुरुङले प्रतिबद्धता जनाए ।
पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, सात सय घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष गुरुङले जानकारी दिएका छन् । पदमार्ग पूर्णरुपमा सञ्चालन गर्नका लागि सरकारसँग घान्द्रुकका होटल व्यवसायीसँग पनि सहयोग माग्ने योजना रहेको उनले बताए ।
“यो पदमार्ग चार किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,” समितिका अध्यक्ष गुरुङले भने, “यसका लागि सरकारसँग सहयोग लिने कुरा त छँदैछ, यहाँका होटल व्यवसायीले पनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।”
पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको बसाइ लम्बिने स्थानीय अमृत गुरुङले बताउछन् । । पदमार्गको करिब दुई किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाई थियो ।
“पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,” अमृतले भने , “यसको आधा भागमा वनजङ्गल पर्छ । यहाँ पर्यटकले चराचुरुङ्गीको आवाजसँगै वन्यजन्तुहरु मृग, स्याल, वनकुखुरा अवलोकन गर्न सक्छन् ।” पदमार्गमा पर्यटकले चिया बगानसँगै फागुन–चैतमा लालीगुराँससँग रम्दै समय बिताउन सक्ने उनको भनाइ थियो ।

















सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
सिरहा लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर सञ्चालन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया