अपर तामाकोशी हाइड्रोपावरको सेयरमा आवेदन दिने समय थप
मेरोन्यूज
२०८० असोज ५ गते १३:५४

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय थपिएको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपेर असोज २२ गतेसम्म पुगेको छ ।
कम्पनीले ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिने समय दिएको थियो । कम्पनीले भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयरमा धितोपत्र बोर्डबाट आस्वा सदस्य पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस्तै दोलखा जिल्लामा रहेका बैंकका विभिन्न शाखाबाट आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।
सम्बन्धित


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया