कांग्रेस बैठकमा नेताहरू भन्छन् : शिक्षकलाई पर्याप्त सेवा सुविधा दिनुपर्छ, राजनीतिक संस्थामा आवद्ध हुन दिन हुन्न

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले शिक्षकहरूलाई पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताएका छन् । केन्द्रीय समिति बैठकमा केही नेताहरू त पार्टीसम्बद्ध शिक्षक संघ खारेजी गर्नुपर्नेसम्म बताएका छन् ।
बिहीबारबाट जारी कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा केन्द्रीय सदस्य गोपाल दहितले शिक्षकहरूलाई संगठित गरी भ्रातृ संस्था बनाउन नहुने बताए । ‘नेपालमा अहिले शिक्षकहरुले आन्दोलन गरिराख्नसुभएको छ । उहाँहरुलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रुपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ बैठकमा दहितले भने ।
बैठकमा बोल्ने अन्य सदस्यहरूले शिक्षकहरुलाई व्यावसायिक बनाइनुपर्ने, पर्याप्त सेवा सुविधा दिनुपर्ने तर राजनीतिक संस्थामा आवद्ध हुन दिन नहुने बताए छन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल शिक्षक संघ छ । कतिपयले शिक्षकहरुले संघ बनाउन पाउने र पार्टी सम्बद्ध हुन पाउने मजदुर अधिकारको पक्ष भएको तर्क गरिरहेका बेला कांग्रेस नेता दहितले पार्टीसम्बद्ध शिक्षक संगठन खारेजी गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाउन चाहन्छ भने यो युनियनहरु खारेजी गर्नुपर्छ’ दहितले भने, ‘उनीहरुलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यावसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’
बैठकमा बोल्दै अन्य सदस्यहरूले शिक्षकहरुको सेवा सुविधाको मागमा सरकार गम्भीर हुनुपर्ने र त्यसका लागि पार्टी समेत निर्णय गरेर सरकारलाई भन्नुपर्ने माग राखेका छन् ।
विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्दै अगाडि बढ्न सकिने भएकाले आन्दोलनको विकल्प खोज्न पनि कांग्रेस नेताहरुले आन्दोलनरत शिक्षकहरुलाई आग्रह गरेका छन् ।
कांग्रेसले विद्यालय शिक्षा विधेयककै विषयमा छलफल गर्न सांसदहरुको बैठक समेत आह्वान गरिसकेको छ । प्रमुख सचेतक रमेश लेखकले असोज ८ र ९ गते कांग्रेस सांसदहरुले प्रस्तावित विद्यालय शिक्षा विधेयकका विषयमा सामूहिक छलफल गर्ने जानकारी दिए ।

















सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
श्रीलङ्कामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाकोृ मृत्यु तीन घाईते
एनआईसी एशिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म घर कर्जा दिने
सिरहा लहानका २४वटै वडामा निःशुल्क क्यान्सर शिविर सञ्चालन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया