अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ ।
सन् १९९६ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेको नेपाललले पहिलोपटक मलेसियामा भएको एसिसी ट्रफी खेलेको थियो । उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीका सबै खेलाडी र प्रशिक्षकलाई क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनका क्रममा सम्मान गरिएको हो ।
कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उक्तसाधारणसभा शुभारम्भ गर्नाका साथै खेलाडीलाई सम्मानपत्र पनि प्रदान गरेका हुने । उनले नेपाली क्रिकेट टोलीले पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै क्रिकेट खेलको विकास र विस्तारका लागि भौतिक पूर्वाधारको विकास हुन आवश्यक रहेको बताए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यस कार्यसमितिले क्षमताले भएसम्म उत्कृष्ट काम गरेको यही कार्यकालमा नेपालले पहिलो पटक एसिया कप खेल्न सफल भएको बताए ।
सम्मानित हुने खेलाडीमा उत्तमकुमार कर्माचार्य (तत्कालीन कप्तान), बसन्त शाही ठकुरी, जगतबहादुर टमाटा, लेखबहादुर क्षेत्री, (एलबी) मनिषराज पाण्डे, सन्जय गुरुङ, किरणशम्शेर राणा, राजु खड्का, पवनकुमार अग्रवाल, विशाल गुप्ता, रितेश बराल, पुकार पन्त र मुसरफ इजाहर रहेका छन् ।

















माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो
Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया