शुक्रबार, फागुन १, २०८२

शिक्षकका मागहरुको उचित सम्बोधन हुनुपर्ने

मेरोन्यूज २०८० असोज ५ गते १७:०३

काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्ययक २०८० लाई संसदमा दर्ता गरे पश्चात प्रतिक्रिया स्वरुप भईरहेको शिक्षकहरुको आन्दोलन प्रति जनता समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त पार्टीले नेपाल मुलुकमा संघीय शासन प्रणलीलाई संस्थागत गर्न मुलुकमा बन्ने र बनाईने संरचना निति , योजना तथा कानुनहरु संघीय शासन प्रणलीको सिद्धान्तमा हुनुपर्ने जनाएको छ । साथै शिक्षक आन्दोलनमा शिक्षकहरुले उठायका मागहरु जायज भएका भन्दै ति मुद्दाहरुको उचित सम्बोधन गरिनु पर्ने तथा विद्ययकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गरिनु पर्ने विज्ञप्ती मार्फत उल्लेख गरेको छ ।

प्रतिक्रिया