सरकारसँगको सात बुँदे सहमति राहत शिक्षकहरुले नमान्ने, आन्दोलन जारी राख्ने

काठमाडौँ । सरकारसँग शुक्रबार भएको ७ बुँदे सहमति राहत शिक्षकहरूले नमान्ने भएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सहमतिलाई धोका भन्दै आफूहरुले नमान्ने बताए ।
सरकारसँग सिंहदरबारस्थि गृह मन्त्रालयमा भएको वार्तामा सहभागी भएका अध्यक्ष अधिकारीसहितका राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीहरूले सहमतिमा हस्ताक्षर गरेनन् । अधिकारीले सात बुँदे सहमतिमा आफूहरुको तर्फबाट हस्ताक्षर नगरिएको बताए । उनले शिक्षक महासंघबाट अलग्गिएर आन्दोलन थाल्ने जानकारी दिए ।
राहत शिक्षकलाई पनि सहमतिमा ल्याउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामो छलफल गरे पनि सार्थकता पाउन सकेन ।
अहिलेको सहमतिले आफूहरुको मागलाई सम्बोधन नगर्ने भन्दै राहत शिक्षकका प्रतिनिधिहरू हस्ताक्षर नै नगरी सिंहदरबारबाट बाहिरिए । आफूहरुका माग सम्बोधन नभएपछि अब नयाँ आन्दोलनका लागि अलग्गै विज्ञप्ति निकाल्ने अधिकारीले बताए ।
२०७५ सालअघि नियुक्त भएका राहत शिक्षकहरू विस्थापित नहुने गरी विद्यालय शिक्षा विधेयकमा समेट्नु पर्ने आफूहरुको माग सहमतिले सम्बोधन नगरेको अधिकारीले बताए ।
अधिकारीले सबै राहत शिक्षहरुलाई काठमाडौं नछोड्न पनि आग्रह गरेका छन्। अहिले राहत शिक्षकहरुको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ।

















विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
Man arrested with pistol
वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया