तीनवटै फर्म्याटमा नम्बर १ बन्यो भारतीय क्रिकेट टिम, रच्यो इतिहास
मेरोन्यूज
२०८० असोज ६ गते ७:४०

सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ ।
एकदिवसीय सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय टोलीले यो उपलब्धि हासिल गरेको हो ।
यो जितसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ ।
अब भारत तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरीयतामा रहेको छ ।
एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान पहिलो स्थानमा थियो ।
भारतले आफ्नो वरियतामा ११६ अंक बनाएर नम्बर १ टोली बनेको छ । पाकिस्तान ११५ अंकसहित दाेस्राे र अस्ट्रेलिया १११ अङ्कसहित तेस्रो स्थानमा छ ।
यो स्थान हासिल गर्ने भारतीय टिम विश्वको दोस्रो टिम हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टिमले पनि याे उपलब्धि हासिल गरेको थियो।
सम्बन्धित
















मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्धार
सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया