बिहीबार, वैशाख २४, २०८३

टी–२० आईमा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक

मेरोन्यूज २०८० असोज १० गते ८:१२

काठमाडौं । नेपालका अलराउण्डर कुशल मल्लले टी–२० क्रिकेट इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने रेकर्ड बनाएका छन्।

Advertisement
NiccNicc

१९औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका हुन्। कुशल ४३ बलमा छक्का र चौकासहित १ सय १६ रनमा क्रिजमा छन्।

यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक गणतन्त्रका सुदेश विक्रमासेकराले ३५ बलमा सतक पुरा गरेर विश्व कीर्तिमान बनाएका थिए ।

नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए।

कुशल मल्ल नेपालका लागि टी-२० आईमा शतक प्रहार गर्ने पाँचौ खेलाडी हुन् । यसअघि पूर्व कप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले टी-२०आईमा शतक प्रहार गरेका छन् ।

प्रतिक्रिया