शनिबार कहाँ-कहाँ हुँदैछ वर्षा ?
मेरोन्यूज
२०८० असोज १३ गते ६:२३

काठमाडौं। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ। हाल बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा विकास भइरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना देखिएको हो ।
आगामी ३ र ४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिक देखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको देखिन्छ।
आज शनिबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित









क्रिस लिनको अर्धशतकमा चितवनलाई सुदूरपश्चिमले दियो १७० रनको लक्ष्य
नागरिकको सुझाव माग्न घरदैलोमा सरकार
ठेकेदारको लापरबाहीले पाँच वर्षदेखि अलपत्र कोट अस्पताल
अलैँचीको मूल्यमा निरन्तर गिरावट
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको परमादेश
एडमको शतकमा पोखराको जित, कर्णालीको लगातार चौथो हार
वामपन्थी शक्तिहरु एक भएर जानुपर्छः संयोजक दाहाल
प्रतिक्रिया