रोनाल्डोको गोलमा अल नासर विजयी
मेरोन्यूज
२०८० असोज १३ गते ६:४४

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाइलाई हराएको छ ।
शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल टाइलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । यसअघि अल नासरका लागि खेलको ३२औं मिनेटमा रोनाल्डोको असिस्टमा टालिस्काले गोल गरेका थिए ।
त्यस्तै अल टाइका लागि भिर्गिल मिसिडजानले एक गोल गरेका थिए ।
यो यस सिजनमा अल नासरको लगातार छैटौं जित हो । यो जितपछि अल नासरको ८ खेलमा १८ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
त्यसैगरी अल टाइको ८ खेलमा ७ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।
सम्बन्धित
















स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया