सिनामंगलस्थित केएमसी अस्पतालमा चिकित्सक कुट्ने दुई युवा पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो।
आइतबार बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरुले कुटपिट गरेको आरोप लागेको छ।काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए।
मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्।
डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका अस्पतालले जनाएको छ ।
मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।
सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया