सिनामंगलस्थित केएमसी अस्पतालमा चिकित्सक कुट्ने दुई युवा पक्राउ

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसरको टोलीले गुल्मी घर भएर काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी नै घर भएर सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको हो।
आइतबार बिहान १ बजेतिर काठमाडौं मेडिकल कलेजका चिकित्सक डा. मनिष खड्कासहितका स्वास्थ्कर्मीलाई उनीहरुले कुटपिट गरेको आरोप लागेको छ।काठमाडौं मेडिकल कलेजमा पुगेका बिरामीका आफन्तद्वयले चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए।
मेडिकल कलेजको नेफ्रो विभागको ओपीडी डा. खड्कासहित इन्टर्नमा रहेका स्वास्थ्यकर्मी कुटिएपछि त्यहाँका कर्मचारी आन्दोलित छन्।
डायलाइसिस गर्न आएका बिरामी कुरुवाद्वयले डायलाइसिस गर्ने पालो ढिलो आएको भनेर चिकित्सकलाई हातपात गरेका अस्पतालले जनाएको छ ।
मध्यराति चिकित्सक कुटिएपछि आइतबार बिहानैदेखि अस्पतालका स्वास्थ्यकर्मी अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन्। आन्दोलनका कारण अस्पताल पनि ठप्प छ।
सरकारले सुरक्षित कार्यस्थलको ग्यारेन्टी गर्ने भनेपछि शनिबार ६ बुँदे सहमति गरेर चिकित्सकहरु काममा फर्किएका थिए।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया