बिहीबार, वैशाख २४, २०८३

दिपेन्द्र सिंह ऐरीलाई महानिरीक्षकको बधाई

मेरोन्यूज २०८० असोज १४ गते १६:५४

काठमाडौँ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गरेका छन् । ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् ।

Advertisement
NiccNicc

सन् २०२३ सेप्टेम्बर २७ मा मङ्गोलिया विरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे । चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् ।

प्रतिक्रिया