मंगलबार, असोज २९, २०८१

इण्डोनेसियामा दक्षिणपूर्वी एसियाकै पहिलो बुलेट रेल सेवा सुरु

मेरोन्यूज २०८० असोज १५ गते १३:२१

जाकर्ता। इन्डोनेसियाले आइतबार दक्षिणपूर्वी एसियाको पहिलो बुलेट ट्रेन सुरु गरेको छ । उच्च गतिको सो रेल सेवा लाइनले देशका दुई ठूला शहरहरूलाई जोड्नेछ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गतको सहयोगमा निर्मित यो रेलवे ७।३ अर्ब अमेरिकी डलरको योजना हो । निर्माणमा भएको ढिलाइ र अवरोधहरूको श्रृंखलापछि आइतबार जनताका लागि सो सेवा सुरु गरिएको छ ।

ट्रेनले राजधानी जकार्ता र इन्डोनेसियाको दोस्रो ठूलो सहर र प्रमुख कला र संस्कृति केन्द्रको रूपमा रहेको पश्चिम जाभाको बान्डुङ्गको बीचमा यात्रा गर्नेछ।

प्रतिघन्टा १३८ किलोमिटरको उच्च गतिको उक्त रेल लाइन आधिकारिक रूपमा हुउवज नाम दिइएको छ, जसलाई इन्डोनेसियामा समय बचत, उच्तम सञ्चालन, भरपर्दो प्रणाली मानिएको छ ।

प्रतिक्रिया