विश्वकप क्रिकेट : दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्डलाई ८१ रनले हरायो

काठमाडौँ । विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तान ८१ रनले विजयी भएको छ ।
भारतको हैदरावादमा पहिला ब्याटिङ गरेको पाकिस्तानले नेदरल्याण्डलाई जितका लागि २८७ रनको लक्ष्य दिएको थियो ।
तर, नेदरल्याण्ड त्यो लक्ष्य भेटाउन असफल भयो ।
नेदरल्याण्ड ४१ ओभर अलआउट हुँदै २०५ रनमात्र बनायो ।
नेदरल्याण्डका लागि बास डे लिडे र विक्रमजित सिंहले अर्धसतक बनाए । लिडेले ६८ बल खेल्दै ६७ रन बनाए । सिंहले ६७ बल खेल्दै ५२ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङमा ह्यारिस रफले तीन विकेट लिए । हसन अलिले दुई विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुँदै २८६ रन बनाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवान र साउद साकिलले अर्धसतकीय पारी खेले । अन्य ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न नसक्दा पाकिस्तान सस्तैमा समेटियो ।
रिजवानले ७५ बलमा ६८ रन बनाए । त्यस्तै साकिलले पनि ५२ बलमा ६८ रन नै बनाए ।
पाकिस्तानका लागि फकर जमान १२ इमाम उल हक १५ कप्तान बाबर आजाम ५ इफ्तिकर अहमद ९ मोहम्मद नवाज ३९ शदाव खान ३२ साहिन साह अफ्रिदी १३ र हरिस रफले १६ रनको योगदान दिए ।
बलिङमा नेदरल्याण्डका बास डे लिडेले ४ कोलिन अकेरमनले २ तथा आर्यन दत्त लोभन भान बिक र पाउल भान मेकेरेनले एक एक विकेट लिए ।
















मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया