कीर्तिमानी आरोही तेन्जेन शेर्पा हिमपहिरोमा बेपत्ता

तस्बिर : तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिला
काठमाडौँ । कीर्तिमानी आरोही तेन्जेन शेर्पा (लामा) तिब्बतस्थित शिसापाङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । हिमाल आरोही निर्मल पुर्जाको नाममा रहेको कीर्तिमान तोडेका आरोही गाइड शेर्पा हिमपहिरोमा परि वेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
विवरणमा २० असोजमा करिब १ बजे गएको हिम पहिरोमा अमेरिकी नागरिक जिना मारिय रजुसिडलो र आरोही गाइड तेन्जेन बेपत्ता छन् ।
शेर्पाले ८ हजार मिटर माथिका १४ वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेर निर्मल पुर्जाले बनाएको कीर्तिमानी तेन्जेन र नर्वेजियन आरोही क्रिष्टिना हारिलाले यसै वर्ष मात्रै तोडेका थिए ।
तेन्जेनले नर्वेजियन आरोही क्रिष्टिना हारिलासँग तीन महिना (९२ दिन)को अवधिमा संसारका ८ हजार मिटर माथिका १४ वटा हिमाल आरोहण गरी छिटो यस्तो आरोहण गर्ने आरोहीको कीर्तिमान राखेका थिए ।
















मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया