इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान
मेरोन्यूज
२०८० असोज २५ गते १७:०३

काठमाडौँ । इजरायलमा रहेका २ सय ५० जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ । सरकारले उनीहरुको उद्धारका लागि पठाएको नेपाल वायुसेवा निगमको विमानबाट उनीहरू काठमाडौँ उडेका हुन् ।
उनीहरु राति सवा ९ बजे काठमाडौं आइपुग्नेछन् ।
इजरायलको बेन गुरियन विमानस्थलबाट केही बेरअघि उडेका उनीहरूलाई लिन परराष्ट्र मन्त्री एनपी साउद इजराजय गएका छन् । आज बिहान साढे २ बजे नेवानीको विमान इजरायलका लागि उडेको थियो ।
आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले जानकारी दिए ।
नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्किन उडेका हुन् ।


सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
प्रतिक्रिया