विश्वकप छनोट : लाओस र नेपालबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ । अन्जन विष्टले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेपछि खेल बराबरीमा सकिएको हो ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसका कप्तान बोउनफचान बोउन्कोङले ३३औँ मिनेटमा गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए ।
मैदानको मध्यभागमा आयुश घलानले नेपाली मिडफिल्डरलाई उपलब्ध गराएको बल खोस्दै बोउन्कोङले रक्षक अनन्त तामाङ र मनिष डाङ्गीलाई बिट गर्दै गोल गरे ।
दोस्रो हाफको सुरुआत मै अन्जनको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गर्दै नेपाललाई ११ हजार २३५ दर्शकमाझ खेलमा फर्काएका हुन् ।
गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
खेलको इन्जुरी समयमा मुख्य रेफ्री निभोन रोबेश गामिनीसँग मैदानभित्रै पुगेर विवादमा उत्रिएपछि लाओसका मुख्य प्रशिक्षकले सोझै रातो कार्डको दर्शन गर्दै ‘टेक्निकल लाइन छोडेका थिए ।
अब छनोटको दोस्रो लेगका लागि नेपाली टिम लाओस जानेछ । छनोटको दोस्रो लेग असोज ३० गते हुनेछ ।
















२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया