विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा अष्ट्रेलिया १३४ रनले पराजित

काठमाडौँ । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको आज भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई एक सय ३४ रनले पराजित गरेको छ । भारतको लखनउमा भएको खेलमा तीन सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४० दशमलव पाँच ओभरमा एक सय ७७ रनमा समेटियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभर खेल्दै सात विकेटको क्षतिमा तीन सय ११ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले । उनले एक सय छ बल खेल्दै आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।
यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५, रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।
बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई÷दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक÷एक विकेट लिए ।
लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुआत राम्रो भएन । उसका लागि ओपनर मिचेल मार्सले सात र डेभिड वार्नरले १३ रन मात्रै बनाउन सके । अष्ट्रेलियाका लागि सबैभन्दा बढी मार्नस लाबुसनले ४६ रन बनाए भने मिचल स्टार्कले २७, कप्तान प्याट कुमिन्सले २२ र स्टेभन स्मिथले १९ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कासिगो रबडाले तीन विकेट लिए । साथै मार्को जानसन, केशव महाराजा, तबरेज शाम्सीले दुईरदुई विकेट लिए भने लुङ्गी निगिडीले एक विकेट लिए । जितसँगै दक्षिण अफ्रिका अङ्क तालिकामा पहिलो नम्बरमा पुगेको छ ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया