रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी

काठमाडौं । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो ।
समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक गोल गरेका थिए । योसँगै रोनाल्डोले अन्तराष्ट्रिय गोलसंख्या १२५ पुर्याएका छन् । उनी विश्वमै सबैभन्दा बढी अन्तराष्ट्रिय गोल गर्ने खेलाडी हुन् ।
त्यसैगरी स्लोभाकियाका लागि डेभिड हानको र स्टानीस्लाभ लोबोटकाले एक एक गोल गरेका थिए ।
पोर्चुगलको युरोकप छनौटमा यो लगातार सातौं जित हो । समुह जे मा रहेको पोर्चुगलको यो जितपछि ७ खेलमा २१ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी स्लोभाकियाको ७ खेलमा १३ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया